अब केपी ओली पक्राउ पर्ने मेटमणि चौधरीको दावी, उनी सबै काण्डका नाईके, सुनतस्करीमा पनि संलग्न भएको दावी

अब केपी ओली पक्राउ पर्ने मेटमणि चौधरीको दावी, उनी सबै काण्डका नाईके, सुनतस्करीमा पनि संलग्न भएको दावी

  • मङ्लबार, भदौ ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

भदौ ५ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका नेता एवं सांसद मेटमणि चौधरीले एमाले अध्यक्ष केपी ओली पक्राउ पर्ने दावी गरेका छन् ।

नेपालमा भएका धेरै जसो भ्रष्टाचार काण्डका नाईके केपी ओली भएको, सुन तस्करीमा पनि संलग्न भएको भन्दै आफूले गृहमन्त्रीलाई ओलीलाई किन पक्राउ नगरेको भनेर प्रश्न गरेको समेत बताए ।

संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै चौधरीले यस्तो दावी गरेका हुन् । उनले पक्राउ पर्ने डरले अध्यक्ष ओलीले संसद अवरूद्ध गरिहेको आरोप लगाए।

उनले भने, ‘मैले राष्ट्रपति निवासमा आज गृहमन्त्रीसँग भने सारा दुनियाँले विश्वभरका मानिसले नेपालको होइन, यो सुन काण्डमा केपी ओलीको नाम आइसकेको छ, केपी ओली जोडिसकेको छ, लगायतका जति काण्ड छन् सबै काण्डमा केपी ओली एक नम्बरमा छन्। हामीले गृहमन्त्रीलाई किन पक्राउ परेका छैनन् भनेर सोधिरहेका छौं। केपी ओली चाँडै पक्राउ पर्दैछन्, त्यसकै डरले केपी ओलीले संसद अवरोध गर्ने बखेडा झिकिरहेका छन्। यही वर्षमा यही उमेरमा केपी ओलीलाई समात्छ। मैले जे बोल्छु, त्यो हुन्छ, त्यो नै राजनीतिक कोर्ष अघि बढ्छ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ