प्रचण्ड सरकार भष्ट र लुटेराहरुको सरकार हो : ओली

प्रचण्ड सरकार भष्ट र लुटेराहरुको सरकार हो : ओली

  • सोमवार, भदौ ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई माओवादी केन्द्रले झूट, बेइमानी र फट्याइँ बोल्ने थलो बनाएको आरोप लगाएका छन्। सोमबार पार्टी कार्यालयमा छक्कबहादुर लामालाई औपचारिक रूपमा केन्द्रीय सदस्यको जिम्मेवारी दिँदै ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकार भ्रष्ट र लुटेरा भएको टिप्प्णी गरे।

‘यो सरकारले नगराएको भए सुन तस्करी गराउँछ कसले ? ,’ उनले प्रश्न गर्दै भने, ‘साधारण व्यक्तिले त थैली पनि लान पाउँदैन। ढुंग्री(मुन्द्री पनि चेक गर्छ।’ ओलीले माओवादी केन्द्रलाई हल्ला चलाउने डफ्फाको संज्ञा दिए।

‘माओवादी भन्ने छ एउटा डफ्फा त्यो डफ्फाको काम नै बदमासी गर्ने, हल्ला अरूतिर चलाइदिने हो,’ उनले भने, ‘मानिसहरू हल्लाका पछाडि कुद्छन्। माओवादी केन्द्र मानिसहरूले प्रायोजित हल्ला चलाउँछन्। त्यो कुरा भइरहेको छ।’

एमालेले संसद् चल्न दिएन भनेर प्रायोजित हल्ला चलाइएको ओलीको आरोप छ ।

‘हामीले त तस्करी रोक्नुपर्‍यो भनेका हौं। तातोपानी, केरूङ भन्सारबाट कति तस्करी भइरहेको छ। एउटा सियो पनि आउन सक्दैन विमानस्थलबाट। जाँच्ने मेसिन छ, एक्सरे छ, डिटेक्टर छ। सबै चिज छर्लङ्ग छ त्यस्तो ठाउँमा एक आइटममा साढे ९ किलो पक्राउ पर्‍यो, त्यहीँको त्यहीँ हरायो। पक्राउ परेको थियो। सुरक्षित गोदाममा राख्दा त्यहीँबाट हरायो। दुई सय डिग्री तापक्रम चाहिन्छ सुन पगाल्न, त्यहीँको त्यहीँ त पग्लेर गएन होलारु,’ उनले भने। उनले फेला परेको सय किलो सुन ६० किलोमा झरेको पनि टिप्पणी गरे।

‘विभत्स ढंगले देश लुट्ने काम भइरहेको छ। भैरहवा, विरगञ्ज, विराटनगर भन्सारमा के भइरहेको छ, त्यहाँ दुला छन्, त्यहाँबाट कति तस्करी भइरहेको छरु,’ प्रश्न गर्दै उनले भने, ‘यस्तो खालको स्थितिमा तस्करी रोकौं छानिबन गरौं भन्दा सरकार बनाउन तयार छैन।’

‘आफूले भने भनेको प्रहरी राख्नुपर्ने, भनेजस्तो काम गनुपर्ने, भनेको मानेन भने सरूवा, त्यही प्रहरीबाट निष्पक्ष छानबिन हुन्छरु,’ उनले प्रश्न गर्दै भने, ‘एसपीको नेतृत्वमा छानबिन समिति बनाएर, एसपीले मानिहाल्छ नि ’

‘संसदमा भलाद्मी जनप्रतिनिधि होइन, अर्कै प्रकारका तत्त्वहरू भेला भएका छन्। अनेक आपराधिक पृष्ठभूमिका तत्त्वहरू भुलचुकले निर्वाचित भएर पनि आउँदा रहेछन्। आएका छन्। आपराधिक पृष्ठभूमिका पनि निर्वाचित भएर आएका छन्। तिनको शैली, व्यवहारले संसद्लाई नै प्रदूषित गराएका छन,’ उनले भने।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ