अब चीन भ्रमणमा हिल्सा सडकको एजेण्डा पनि प्राथमिकतामा पर्नेछ : प्रधानमन्त्री

अब चीन भ्रमणमा हिल्सा सडकको एजेण्डा पनि प्राथमिकतामा पर्नेछ : प्रधानमन्त्री

  • सोमवार, भदौ ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

वीरेन्द्रनगर — प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णाली करिडोर, कर्णाली राजमार्ग लगायतका कर्णालीका ठूला सडकहरू संघीय सरकारको प्राथमिकतामा परेको बताएका छन् । उनले कर्णाली प्रदेश र सुदूरपश्चिम आफ्नो प्राथमिकतामा परेको बताए । कर्णालीमा बसेर आफूले जनयुद्धको नेतृत्व गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले जनताको परिवर्तनका लागि प्रदेश सरकार गम्भीर रूपमा लाग्नुपर्ने बताएका थिए ।

कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरको खुल्लामञ्चमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले प्रदेश सरकारलाई वास्तविक नागरिकको सेवकको रुपमा लाग्नुपर्ने सुझाव दिएका थिए ।
उनले हिल्सा सडक र नाका अबको चीन भ्रमणको एजेण्डाको प्राथमिकतामा पर्ने पनि सुनाए ।

कर्णालीको गरिबी र भूगोलका बारेमा आफू राम्रोसँग जानकार रहेको भन्दै उनले नागरिकको वास्तविक सेवकको रुपमा लाग्न पनि प्रदेश सरकारलाई सुझाव दिएका थिए ।

संघीय गणतन्त्रात्मक संविधान निर्माण भएको ८ वर्ष पूरा भइसक्दा पनि संघीय शासन प्रणाली अनुरूप सयभन्दा बढी नयाँ कानुन तर्जुमा र पुराना कानुनहरू संशोधन गर्न बाँकी रहेको उनको भनाइ थियो । संघीय शिक्षा ऐन, संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन र मौलिक हक कार्यान्वयनका लागि आवश्यक कानुनहरू बनेर कार्यान्वयनमा आएपछि मात्रै जनताले संघीयताको मर्म अनुभूत गर्नसक्ने उनको भनाइ थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ