एमाले नेता सुवास नेम्वाङ भन्छन्, सदन अवरोध नियम संगत हैन

एमाले नेता सुवास नेम्वाङ भन्छन्, सदन अवरोध नियम संगत हैन

  • शनिबार, भदौ २, २०८०
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले संसद् अवरोध नियमसंगत कुरा नभएको बताएका छन् । संसदमा दलहरूले गर्ने अवरोध संसदीय अभ्यासविपरीत हुने र जो सुकैले अवरोध गरे पनि त्यसको औचित्य पुष्टि गर्न सक्नुपर्ने उनको भनाइ छ । उनी आफै उभिएर एमालेको अवरोधमा साथ दिँदै आएका छन् ।

शनिबार काभ्रेको धुलिखेलमा संघीय संसद् सचिवालयले गरेको ‘संसद्–सञ्चार सम्बन्ध’ कार्यक्रममा बोल्दै संविधानसभा अध्यक्ष रहिसकेका नेम्बाङले जुन सुकै दलले अवरोध गरे पनि त्यसको औचित्य पुष्टि गर्न सक्नुपर्ने बताए ।

नेपालको संसदीय इतिहासमा पटकपटक अवरोध भएको दृष्टान्त पेश गर्दै उनले तर, संविधान सभामा भने सकेसम्म अवरोध नगर्ने समझदारी तत्कालीन दलहरूबीचमा भएको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ