नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशको अवस्था हेर्दा आँसु आउँने र दिक्क लाग्ने बताएका छन्।
नयाँ बानेश्वरमा वुद्धिजिवीहरूसँगको अनौपचारिक छलफलमा नेता कोइरालाले देश जता हेर्यो उतै भताभुंग र लथालिंग भएकाले दिक्क लाग्ने बताएका हुन्। ‘नत हामी ठिक भयौं, न काम गर्ने शैली, जता हेर्यो भताभुङ्ग र लथालिङ्ग छ। चित्त बुझाउँने कतै केही छैन,’ उनले भने।
मुलुक असाध्यै अप्ठ्यारोमा रहेको र विभिन्न प्रकरणहरू सतहमा आएपनि टुंगोमा नपुगी तुहिने हुँदा जनतालाई जवाफ दिनसमेत नसकिएको उनले बताए।
कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करीको अखडा बनिसकेको समेत बताए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline