दोरम्भा पुगेर प्रचण्डले भने, अब तीन महिनामा माओवादी जीवन्त हुन्छ, ६४ कै जस्तो चुनावी परिणाम ८४ मा आउछ

दोरम्भा पुगेर प्रचण्डले भने, अब तीन महिनामा माओवादी जीवन्त हुन्छ, ६४ कै जस्तो चुनावी परिणाम ८४ मा आउछ

  • बिहिबार, साउन ३२, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

साउन ३२ रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी तीन महिने अभियान पछि माओवादी फेरी जीवन्त पार्टी बन्ने र आगामी ८४ सालको चुनावमा ६४ मा जस्तै परिणाम ल्याउने बताएका छन् ।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाडाँकटेरीमा आयोजित २०औं दोरम्बा स्मृति दिवस कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारमा गएपछि पार्टी र जनताको सम्बन्ध चिसिएको भन्दै अब अभियानले पार्टीलाई फेरी जनतासँग जोडेर समाजवादी क्रान्तिको वातावरण बनाउने विस्वास व्यक्त गरे ।

“आउने ३ महिनामा नयाँ एउटा वातावरण बन्छ, बन्छ । अर्को ३ महिनामा हाम्रो पार्टी जीवन्त पार्टीका रूपमा आउँछ । त्यसो भयो भने २०६४ को निर्वाचनको जस्तै परिणाम ल्याउन गाह्रो छैन ।’ प्रधानमन्त्रीले भने । मुलुकमा व्याप्त विकृति र विसंगतिको अन्त्य गर्न आफ्नो नेतृत्वको सरकार लागिरहेको पनि प्रधानमन्त्री प्रचण्डको दाबी छ ।

सरकारले ठूला आयोजना निर्माणमा ध्यान केन्द्रित गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस कार्यकालमा जनताको मन जित्ने गरी काम गर्ने पनि बताए । ‘यो पटक राम्रो काम गरेर जनताको मन जित्ने कामबाहेक अन्य कुनै काम गर्नु छैन,’ दाहालले भने, ‘जीवनको उत्तरार्द्धमा भए पनि राष्ट्र र जनताका निम्ति समाजवाद ल्याउनका लागि नयाँ संकल्पका साथ पहलकदमी लिन्छु ।’ एउटै जलविद्युत् आयोजना १० हजार मेगावाटसम्मका बनाउन सके मुलुकले आर्थिक समृद्धिको बाटो हिँड्न सक्ने प्रचण्डको धारणा छ ।

दाङको हापुरेमा सरकार र माओबादीबीच शान्ति वार्ता भइरहेको बेला २०६० साउन ३२ गते दोरम्बामा माओवादीका २१ जना नेता कार्यकर्ताको हत्या भएको थियो । कार्यक्रममा जनार्दन शर्मा सहित अन्य माओवादी नेताहरु सहभागी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ