मुख्यमन्त्री थापाले गरे मन्त्रीमण्डल विस्तार, मण्डल बने राज्यमन्त्री

मुख्यमन्त्री थापाले गरे मन्त्रीमण्डल विस्तार, मण्डल बने राज्यमन्त्री

  • बुधबार, साउन ३१, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज काँग्रेसबाट एक मन्त्री थप गरेका छन् ।

मुख्यमन्त्रीका स्वकीय सचिव मिलन चापागाईँले दिएको जानकारी अनुसार काँग्रेसका गयानन्द मण्डल उद्योग कृषि तथा सहकारी राज्यमन्त्री बनेका हुन । उनले शपथ ग्रहण समेत गरेका छन् ।

यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसकेका छन् । जसमा काँग्रेसबाट प्रदीपकुमार सुनुवार सिँचाइ खानेपानी तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा एसबाट कमल जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन् ।

मुख्यमन्त्रीले विस्वासको मत पाउने नपाउने निश्चित नभएका बेला मन्त्रीपरिषद् विस्तार गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ