संसद खुलाउन सबै दलसँग छलफल गर्ने तर छानविन समिति नबनाउने गठबन्धनको निर्णय

संसद खुलाउन सबै दलसँग छलफल गर्ने तर छानविन समिति नबनाउने गठबन्धनको निर्णय

  • बुधबार, साउन ३१, २०८०
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

सत्ता गठबन्धनले संसद्‌मा जारी अवरोध हटाउन सबै दलहरुसँगको संवादलाई जारी राख्ने भएका छन् । तर एमालेले माग गरे जस्तो सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति भने नबनाउने निर्णय कायम रहेको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठकले प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल एमालेले निरन्तर गरिरहेको अवरोधबारे छलफल भएको हो।

उनीहरूको बैठकले संसद्‌मा जारी गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दललगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँगको संवादलाई तीव्रता दिने निर्णय गरेको हो।

‘संसद्‌मा जारी गतिरोध हटाउन प्रमुख प्रतिपक्ष दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँगको संवादलाई तीव्रता दिने निर्णय भएको छ’, बैठकमा सहभागी एक नेताले भने।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठलगायतका नेताहरू सहभागी थिए।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ