सिआईबीले माधव नेपाल र बाबुराम भट्टराईसँग बयान लिने तयारी गर्दै

सिआईबीले माधव नेपाल र बाबुराम भट्टराईसँग बयान लिने तयारी गर्दै

  • मङ्लबार, साउन ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

साउन ३० काठमाण्डौँ । चर्चित भ्रष्टाचार काण्ड ललिता निवास प्रकरणमा सिआईबीले पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिने तयारी गरेको छ ।

यस अघि सिआईबीले हिजो पूर्व मुख्यसचिव लिला मणि पौड्यालसँग बयान लिएको थियो । आईतबार दिँउसोदेखि साँझ सम्म पौड्यालसँग बयान लिईएको थियो । त्यस क्रममा उनले मुख्य सचिवको कुनै भूमिका नहुने भन्दै भूमि सुधार मन्त्रालयको प्रस्ताव मन्त्रीपरिषद्मा आएको बताएका थिए ।

बयानका क्रममा पौड्यालले समरजंग कम्पनीको जग्गा नक्कली मोही खडा गरी वितरण गर्ने कार्यमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । उनले तत्कालीन भूमिसुधार मन्त्रालयले तयार गरेको प्रस्ताव तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनपछि मन्त्रिपरिषद् बैठकको कार्यसूचीमा पेस मात्रै गरेको सिआइबीलाई बयान दिएका छन् ।

मरजंग कम्पनीको जग्गा पशुपति टिकिन्छा गुठीको नाममा नामसारी गर्ने प्रस्ताव तत्कालीन मन्त्रिपरिषद्मा लैजाने काम मुख्यसचिव पौड्यालले गरेका थिए । १८ असोज ०६९ मा मन्त्रिपरिषद् बैठकमा पेस गरिएको प्रस्तावमा उनले हस्ताक्षर गरेका छन् । त्यसवेला बाबुराम भट्टराई प्रधानमन्त्री थिए । उनैको प्रस्तावपछि भट्टराई नेतृत्वको मन्त्रिपरिषद् बैठकले कम्पनीको जग्गा गुठीमा लैजाने निर्णय गरेको थियो । त्यसपछि उक्त जग्गा नक्कली मोहीका नाममा वितरण गरिएको थियो ।

सिआईबीले सर्वोच्चको आदेश अनुसार अब बाबुराम भट्टराई र माधव नेपालसँग समेत बयान लिने तयारी गरेको बुझिएको छ । माधव नेपाल सोमबार मात्रै स्वदेश फर्किएका छन् भने बाबुराम भट्टराईले बयान दिन तयार रहेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ