प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद् अवरोध गरेको छ। सोमबार दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन्। उनीहरुले संसदीय मर्यादा कायम गर, उच्चस्तरीय छानबिन समिति गठन गर लगायतका माग राख्दै संसदमा नाराबाजी गरेका छन् ।
एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले भदौ ३ गतेसम्मका लागि बैठक स्थगित गराएका छन्।
एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद् अवरोध गर्दै आएको छ।
काँग्रेस, माओवादी लगायतका दलले यसको अनुसन्धान सिआईबीले गरिरहेकाले अर्को छानविन समिति आवस्यक नपर्ने ठहर गर्दै सदन अवरुद्ध खुलाउन एमालेलाई आग्रह गरेपनि उसले मानेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline