प्रचण्डले माओवादी नेताहरुलाई भने सुन तस्करीमा कतै संलग्नता छ भने जेल जान तयार हुनु

प्रचण्डले माओवादी नेताहरुलाई भने सुन तस्करीमा कतै संलग्नता छ भने जेल जान तयार हुनु

महराले भने, म आफै निवेदन बोकेर सिआईबीमा जान्छु

  • सोमवार, साउन २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

साउन २९ काठमाण्डौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी प्रकरणको अनुसन्धानमा कुनै प्रकारको सम्झौता नहुने प्रस्ट पार्दै तथ्य र प्रमाणले भेटे जेल जान तयार हुन आफ्नै पार्टीका नेताहरुलाई भनेका छन् ।

पार्टी पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सुनकाण्डमा संलग्न जोसुकै भए पनि नछाडिने प्रस्ट पारे । उनले आफ्नै पार्टीका नेताहरुको नामसमेत यो प्रकरणमा जोडिएकोतर्फ संकेत गर्दै कसुर गरेकै हो भने जेल जानका लागि तयार भएर बस्न चेतावनी दिए ।

उनले भने, ‘विपक्षीलाई जेल हाल्ने, आफ्नालाई बचाउने भन्ने होइन ।’ सुन तस्करी प्रकरणले पार्टीको तीन महिने अभियान नै प्रभावित हुने खतरा बढेको भन्दै उनले विपक्षीहरुले यसलाई मुद्दा बनाइरहेको पनि प्रस्ट पारे ।

सो अवसरमा पार्टीका नेता तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानका क्रममा प्रष्ट प्रमाण भेटिए कार्बाही हुने तर सञ्चार माध्यमले लेखेका आधारमा मात्रै भने कार्बाही गर्न नमिल्ने बताए ।

यति चर्चापछि पार्टी उपाध्यक्ष कृष्ण बहादुर महराले आफू सुन तस्करीमा संलग्न नरहेको र अनुसन्धानमा सघाउन तयार रहेको भन्दै निवेदन बोकेर आफै सिआईबीमा जान तयार रहेको प्रष्टीकरण दिएका थिए ।

महरा बाबु छोरा नौ किलो सुन तस्करी गर्ने चीनीया व्यक्तिसँग सम्पर्कमा रहेको बताईन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ