गृहमन्त्री नारायणकाजी असफल भईसके, रोष्ट्रममा गएर गफ दिईरहेका छन् : ओली

गृहमन्त्री नारायणकाजी असफल भईसके, रोष्ट्रममा गएर गफ दिईरहेका छन् : ओली

  • आइतवार, साउन २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

साउन २८ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहमन्त्री बिरुद्धको आक्रोश अझै मत्थर नभएको देखिएको छ । कम्बोडियाबाट फर्किदा विमानस्थलमै उनले औला ठड्याउदै गृहमन्त्रीलाई जथाभावी नबोल्न चेतावनी दिएका थिए ।

त्यसको भोलीपल्ट संसदीय दलको बैठक मार्फत गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै संसद अवरुद्ध गर्ने निर्णय ओलीले गराएका थिए । त्यसपछि साउन १० गतेदेखि लगातार एमालेले संसद अवरुद्ध पारिरहेको छ ।

आज पार्टी कार्यलय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पनि ओलीले गृहमन्त्री असफल भईसकेको र रोष्ट्रममा गएर गफ मात्र दिईरहेको भन्दै बिरोध जनाए ।

गृहमन्त्रीले संसदको रोष्ट्रममा राजीनामा गर्न बाहेक अन्य कुरा बोल्न जानु अनौठो भएको ओलीको जिकिर छ ।

एक क्वीन्टल सुन समातिएपछि कुनै कोट वा टार अर्थात बालकोट र बालुवाटारकै मान्छे भए पनि छाड्दिन भन्ने अभिव्यक्ति गृहमन्त्रीले विमानस्थलमा दिएका थिए । सो अभिव्यक्तिलाई लिएर ओली आक्रोशित बन्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ