संसद अवरोध हामीले गरेका छैनौँ, सत्ता पक्षले गरिरहेको छ : ओली

संसद अवरोध हामीले गरेका छैनौँ, सत्ता पक्षले गरिरहेको छ : ओली

  • आइतवार, साउन २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौँ साउन २८ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले संसद अवरोध नगरेको दावी गरेका छन् । साउन १० गते कम्बोडियाबाट फर्के लगत्तै गृहमन्त्रीको राजीनामा माग्दै ओलीको निर्देशमा एमाले सांसदले सदन चल्न दिएका छैनन् ।
तर आज पार्टी कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले आफूहरुले संसद चलाउन खोजे पनि सत्ता पक्षले अवरोध गरिरहेको बताए ।

“ुसंसद् अवरोध हुनै हुँदैन, गर्नै हुँदैन । संसद् देश र जनताका लागि काम गर्ने थलो हो । संसद्ले निर्वाध ढंगले काम गर्न पाउनुपर्छ । संसद्ले देश र जनताका पक्षमा बोल्ने, आवाज उठाउने हो । ” ओलीले भने ।

सुन तस्करीले देशलाई अप्ठ्यारोमा पारेको उनले बताए ।
ओलीले सुन तस्करीको छानबिनका लागि संसदीय समिति स्वीकार नगर्ने बताएका छन् । वहालवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बन्नुपर्ने उनले बताए ।

अहिलेको सरकार नालायक भन्दै नैतिकता भए राजीनामा दिएर बस्नु पर्ने ओलीको टिप्पणी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ