म ललिता निवास प्रकरणमा भएको निर्णयका बारेमा बयान दिन तयार छु : बाबुराम भट्टराई

म ललिता निवास प्रकरणमा भएको निर्णयका बारेमा बयान दिन तयार छु : बाबुराम भट्टराई

  • शनिबार, साउन २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

सुर्खेत, साउन २७ गते । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईले ललिता निवासको सन्दर्भमा थप छानबिन हुनुपर्ने बताउनु भएको छ । सङ्गठन निर्माण तथा विस्तार अभियानमा शनिबार सुर्खेतको वीरेन्द्रनगर पुग्नुभएका उहाँले पत्रकार मार्फत सो प्रकरणमा आफ्नो नाम पनि जोडिएको बताउनुहुँदै छानबिन गरौँ भनेर, आफू तयार रहेको बताउनुभयो ।

‘‘ललिता निवासको विषयमा मेरो पालनामा सानो एउटा निर्णय भएको हो । ३र४ रोपनी जग्गाको विषय मेरो पालामा भएको हो ।,’’ उहाँले भन्नुभयो, ‘‘त्यो मेरो नियतबस् नभई मन्त्रिपरिषद्को निर्णय हो । म छानबिनका लागि तयार छु ।’’

साथै भट्टराईले सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेको बताउनुभयो । त्यस्तै, उहाँले सत्ता परिवर्तनको खेल खेल्नुभन्दा संविधान नै संशोधन गर्नुपर्ने धारणा राख्नुभयो ।

‘‘कुनै पनि दलको बहुमत नहुने, कसैले चाहे जतिबेला पनि गठबन्धन परिवर्तन हुने हुँदा हाम्रो निर्वाचन प्रणाली बदल्नुपर्छ ।’’ गठजोडको खेलमा लाग्नुभन्दा संविधान नै संशोधन गरौँ, निर्वाचन प्रणाली बदलौँ भन्ने हाम्रो आग्रह हो ।’’ उहाँले भन्नुभयो ।

उहाँले गणतन्त्रपछि भ्रष्टाचार घट्नुको साटो बढिरहेको बताउनुभयो । भ्रष्टाचारका घटनाहरू उच्चस्तरीय आयोगमार्फत छानबिन गरिनुपर्ने उहाँको तर्क छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ