अब बैदेशिक रोजगारीमा गएर मृत्यु भएमा परिवारले १५ लाख रुपैया प्राप्त गर्ने

अब बैदेशिक रोजगारीमा गएर मृत्यु भएमा परिवारले १५ लाख रुपैया प्राप्त गर्ने

  • बुधबार, साउन २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ। वैदेशिक रोजगारीमा श्रम गर्न जाने श्रमिकहरू विदेशमा नै मृत्यु वा अंगभंग भएमा वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको हो।

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई विसं २०६७ सालमा दिने सुविधा अहिले समयअनकुल नभएको भन्दै वृद्धि गर्ने वैदेशिक रोजगार बोर्डले निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बताए। उनले बुधबार वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारहरूसँगको छलफल कार्यक्रम बोल्दै यस्तो बताएका हुन्। उनले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको विदेशमा नै मुत्यु भएमा दिने ७ लाखलाई वृद्धि गरी १५ लाख पुर्याउने तयारी रहेको बताए।

सचिव भण्डारीले मृतकको सन्ततीलाई प्रदान गरिने शैक्षिक छात्रवृत्ति ८ लाख र १२ लाख प्रतिवर्ष रहेकामा १२ हजार ५ सय र १६ हजार ५ सय प्रतिवर्ष बनाउने निर्णय भएको बताए।

उनले अवैधानिक रुपमा वैदेशिक रोजगारमा गएर विदेशमा मुत्यु हुनेहरूले पाउने २५ हजारलाई पनि उल्लेख्य बनाउने योजना सरकारको रहेको बताए। उनले त्यसलाई नियममा संशोधन गर्नुपर्ने भएकाले संशोधनको लागि मन्त्रिपरिषद्मा लग्ने तयारी रहेको बताए।

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले फ्री भिसा फ्री टिकटको मापदण्डलाई व्यवस्थित गर्ने बताए। उनले व्यवसायीहरूबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरू ठगि गर्नेहरूलाई तत्काल कारबाही गरी कानूनी कठघरामा उभ्याउने बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ