सुनकाण्डमा कृष्ण बहादुर महरा दोषी देखिए सरकारले कार्बाही गर्ने माओवादीद्धारा स्पष्ट

सुनकाण्डमा कृष्ण बहादुर महरा दोषी देखिए सरकारले कार्बाही गर्ने माओवादीद्धारा स्पष्ट

  • बुधबार, साउन २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौँ । माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन प्रकरणमा तथ्य र प्रमाण पुष्टि भए उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि सरकारले अनुसन्धान अगाडि बढाउने बताएका छन् ।

प्रवक्ता भएपछि पार्टी कार्यालय पेरिसडाँडामा बुधवार पहिलोपटक प्रेसमिट गर्दै उनले दोषी प्रमाणित भए कसैलाई पनि नछाड्ने स्पष्ट पारे ।

महरा स्वयंले पनि पार्टी बैठकमा आफू छानविनलाई सहयोग गर्न तयार रहेको बताएको सापकोटाले सुनाए ।

सुन प्रकरण लगायत विभिन्न काण्डको छानबिनलाई प्रधानमन्त्रीले निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएकाले सबैले सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै उनले संसदमा एमालेको अवरोध बार्गेनिङका लागि भएको भन्दै राज्य संयन्त्रले छानविन गरिरहेकाले अर्को समितिको आवस्यकता नपर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ