एमालेले निरन्तर गर्दै आएको संसद अवरोध खुलाउन आज तीन दलका शीर्षनेताबीच पुनः छलफल हुँदैछ । बालुवाटारमा १० बजेपछि छलफल हुन लागेको हो ।
यस अघि हिजो दुई पटक भएको छलफल निष्कर्षमा पुगेको थिएन । सभामुखले हिजोको छलफल बोलाएका थिए ।
आज पनि काँग्रेस, एमाले र माओवादीका नेतासँग सभामुखले परामर्श गर्न लागेका हुन् ।
सय किलो सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनु पर्ने माग गर्दै एमालेले संसद साउन ३ गतेदेखि अवरुद्ध गर्दै आएको थियो ।
पछि उसले उच्च स्तरीय छानविन समिति बनाउन माग गर्दै संसदको दुबै सदन अवरुद्ध पार्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline