अझै पनि हामी बिरुद्ध घेराबन्दी छ, सिंगो पार्टी पक्ति एकतावद्ध हुन प्रचण्डको अपील

अझै पनि हामी बिरुद्ध घेराबन्दी छ, सिंगो पार्टी पक्ति एकतावद्ध हुन प्रचण्डको अपील

  • आइतवार, साउन २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

साउन २१ काठमाण्डौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी र मुख्य नेतृत्व बिरुद्ध घेराबन्दी र षड्यन्त्र जारी रहेको भन्दै सबै पार्टी पक्ति एकतावद्ध भएर उभिन अपील गरेका छन् ।

पार्टी बैठकलाई संवोधन गर्दै उनले पार्टी र यसको नेतृत्व विरुद्ध चौतर्फी घेराबन्दी गर्ने, नेतृत्वलाई मुद्धा हाल्ने, जेल पठाँउछौँ भन्ने जस्ता कुरा अझै गर्ने गरिएको भन्दै मुद्धा चलाउन खोजेकै कारण तात्कालिन प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा बिरुद्ध महाअभियोग लगाउनु पर्ने सम्मको अवस्था आएको बताए ।

यो बैठकपछि पार्टी एकतावद्ध भएको आफूले महसुस गरेको भन्दै उनले अब तीन महिने अभियानपछि पार्टी थप सुदृढ हुने विस्वास व्यक्त गरेका छन् ।

प्रचण्डको प्रस्तावमा पार्टी पदाधीकारीहरुको जिम्मेवारी हेरफेर गरिएको छ । खास गरी जनतासँग माओवादी भन्ने अभियानको नेतृत्व गर्न नेताहरुको कार्यक्षेत्र परिवर्तन गरिएको छ ।
जसअनुसार कोशी प्रदेशमा बलदेव खनाल, मधेसमा लिलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्य छन् ।

सम्पर्क विशेषमा गिरिराजमणि पोखरेल र जवर्गीय संगठनको इन्चार्जमा वर्षमान पुन तोकिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ