माओवादी केन्द्रीय समितिको बैठक सकिदै, अन्तिम दिन प्रचण्डले संवोधन गर्ने

माओवादी केन्द्रीय समितिको बैठक सकिदै, अन्तिम दिन प्रचण्डले संवोधन गर्ने

  • आइतवार, साउन २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

साउन २१ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज सकिदैछ । हिजो सम्म केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम सकिएको छ । आज दिँउसो १ बजेका लागि बैठक बोलाईएको छ ।

आजको बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिनेछन ।
केन्द्रीय सदस्यहरुले पार्टी रुपान्तरण हुनु पर्ने, नेतृत्व सच्चिनु पर्ने, सरकारले गरेका भ्रष्टाचारका फाईल खोल्न पछि हट्न नहुने लगायतका बिषयमा धारणा राखेका थिए ।

प्रचण्डको प्रतिवेदनलाई अनुमोदन गर्ने र विभिन्न निर्णय गर्दै बैठक सकिनेछ ।

बैठकले विधान अधिवेशन, बिशेष महाधिवेशन, जनतासँग पार्टी जोड्ने तीन महिने अभियान चलाउने जस्ता निर्णय अनुमोदन गर्नेछन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ