राष्ट्रिय स्वतन्त्र पार्टीका बझाङ संयोजक नगेन्द्र खड्कालाई पार्टीले पुनःबहाली गरेको छ।
बिहिबार सभापति रवि लामिछानेको प्रस्तावमा केन्द्रीय समितिले खड्कालाई पुनर्वहाली गरेको हो ।
यसअघि गत साउन ९ गते खड्काले पत्रकारलाई अपहरण गरी बन्दी बनाई कुटपिट गरेको आरोपमा निलम्बन गरेको थियो।
उक्त निलम्बनपछि पार्टीको अनुशासन समितिले थप अनुसन्धान गर्दा दोष नदेखिएकाले निलम्बन फुकुवा गरी पुनः बहाल गर्ने निर्णय भएको प्रवक्ता मुकुल ढकाले जानकारी दिए।
खड्काको निर्देशनमा सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत सुनिल मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखाले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline