सुन प्रकरणमा मलाई जोडेर राजनीतिक रङ दिइयोः कृष्णबहादुर महरा

सुन प्रकरणमा मलाई जोडेर राजनीतिक रङ दिइयोः कृष्णबहादुर महरा

  • बिहिबार, साउन १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

साउन १८, काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् ।

केन्द्रीय समिति बैठकस्थल प्रज्ञा भवनबाट बाहिरिँदै बिहीबार सञ्चारकर्मीसँग कुराकानीका क्रममा उपाध्यक्ष महराले सुन प्रकरणमा आफू सामेल नभएको र यस विषयलाई राजनीतिक रङ दिइएको बताए ।

उनले पछिल्लो समय माओवादी विरुद्धमा लगातार प्रचार सुरु गरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे । उनले आफुलाई जोडेर राजनीतिक रङ दिएको भन्दै यसबिषयमा बुज्न सन्चारकर्मीलाई नै आग्रह गरे ।

महराले आजै बिहान पनि फेसबुकमार्फत सुन प्रकरणमा आफू संलग्न नभएको बताएका थिए । उनले आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।

पूर्वसभामुखसमेत रहेका महरा र छोरा राहुल ९ किलो सुन तस्करीमा जोडिए पनि अनुसन्धान हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ