साउन १८ काठमाण्डौँ । संवैधानिक परिषद्को बैठक आज बस्दै छ। प्रधानन्यायाशीध, रिक्त रहेका संवैधानिक अंगमा सिफारिसलगायत विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्न लागेको हो। बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ।
प्रधानन्यायाधिश हरिकृष्ण कार्कीको पनि साउन २० गतेदेखि पदावधि सकिँदै छ। तर, संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न सकेको छैन । यस अघिको बैठकमा कुनै सहमति र निर्णय हुन नसकेपछि आज पनि बैठक बोलाईएको हो ।
आज बस्ने बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने सम्भावना छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline