माओवादी केन्द्रीय समितिको बैठकमा आज केन्द्रीय सदस्यहरुले धारणा राख्ने

माओवादी केन्द्रीय समितिको बैठकमा आज केन्द्रीय सदस्यहरुले धारणा राख्ने

  • बिहिबार, साउन १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

साउन १८ काठमाण्डौँ । राजधानीमा हिजोबाट शुरु भएको माओवादी केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । हिजो उद्घाटन गर्दै प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डले सरकारले गरेका राम्रा कामहरुमा जनसमर्थन प्राप्त भएके र त्यसलाई संगठिन गर्ने गरी तीन महिने जनतासँग पार्टी अभियान चलाउन प्रस्ताव गरेका थिए ।

हिजोको बैठकमा १८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए ।

आज पनि अन्य केन्द्रीय सदस्यहरुले धारणा राख्ने तयारी छ । बैठक प्रज्ञा भवन कमलादीमा बस्नेछ ।

बैठकमा अध्यक्ष प्रचण्डले ४०९ केन्द्रीय सदस्य बनाउने, महिलाको संख्या अनिवार्य ३५ प्रतिशत पुर्याउने, पार्टीको विधान अधिवेशन मंसीरमा गर्ने र एक वर्ष भित्र बिशेष महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ