हाईटेन्सन मुनि राप्रपाको कार्यलय, भत्काउन बालेन टोली जाँदै गर्दा कार्यकर्ताको अवरोध

हाईटेन्सन मुनि राप्रपाको कार्यलय, भत्काउन बालेन टोली जाँदै गर्दा कार्यकर्ताको अवरोध

  • सोमवार, साउन १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले राप्रपाको धुम्बाराहीस्थित पार्टी कार्यालय भत्काउने तयारी गरेपछि कार्यकर्ताले सडकमा गाडी तेर्स्याएर अवरोध गरेका छन् ।

महानगरले आज सोमबार राप्रपाको पार्टी कार्यालय भत्काउने भन्दै केही दिन अघि जानकारी गराएको थियो ।

महानगरको सूचनामा अटेर गरेपछि आज पार्टी कार्यालयमा डोजर लगाउन खोजेको हो । मापदण्ड मिचेर बिद्युतको हाइटेन्सन मुनि पार्टी कार्यालय बनाएको भन्दै महानगरले भत्काउन लागेको हो ।

मेयर बालेनको आदेशमा एक साता अघि नै राप्रपालाई सो कार्यलय खाली गराउन सूचित गरिएपनि राप्रपाले अटेर गर्दै आएको छ ।

राप्रपाका कार्यकर्ताहरुले गाडीको लाईन राखेर अबरोध गरीरहेका छन् । महानगर भने सो भवन भत्काउने योजनामा कायम छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ