काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ । आजको सम्भावित कार्यसुची अनुसार नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।
यसैगरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाइने भएको छ ।
साथै, बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ भने राष्ट्रियसभावाट उत्पत्ति भएको नेपाल विश्वबिद्यालय बिद्येयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्नेछन् ।
तर आजको संसद बैठक पनि अवरुद्ध पार्ने एमालेले तयारी गरेको छ । उसले सुन प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनु पर्ने माग गर्दै संसद अवरुद्ध पार्दै आएको छ ।
हिजो प्रधानमन्त्रीले केपी ओलीसँग छलफल गरेपनि सहमति नभएको बुझिएको छ । आजको बैठक पनि अवरुद्ध पार्न एमाले सांसदहरुलाई निर्देशन दिईसकिएको छ ।
ओलीले गृहमन्त्रीको अभिव्यक्तिलाई लिएर आक्रोश व्यक्त गरेको भोलीपल्टै देखि एमाले सदन अबरुद्ध र नाराबाजीमा उत्रिएको थियो ।