संसदको अवरोध हटाउन प्रधानमन्त्रीले गरे ओलीसँग छलफल

संसदको अवरोध हटाउन प्रधानमन्त्रीले गरे ओलीसँग छलफल

  • आइतवार, साउन १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

साउन १४ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले संसदमा एमालेको अवरोध हटाउने प्रयासका लागि एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका छन् ।

आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले सुन तस्करीको विषयमा अनुसन्धान गंभीर तरीकाले भईरहेकाले संसदमा अवरोध गर्नु आवस्यक नभएको भन्दै ओलीलाई ध्यानाकर्षण गराएका थिए ।

ओलीले भने गृहमन्त्रीको अभिव्यक्ति ठीक नभएको भन्दै स्पष्ट पार्नु पर्ने अनि मात्रै संसद खोल्ने बताएको बुझिएको छ ।

एमालेले गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरोध गर्दै आएको छ । संसदको बैठक सोमबार बस्न लागेकाले सो अवरोध हटाउने प्रधानमन्त्रीले प्रयास गरेका हुन् ।

यसै गरी उनीहरुबीच संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा पनि छलफल भएको थियो । यसै गरी कोशी प्रदेशमा नयाँ सरकार गठनका विषयमा पनि कुराकानी भएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ