८४ सालको निर्वाचनमा एमालेले पनि गठबन्धन गर्न सक्ने ओलीको संकेत

८४ सालको निर्वाचनमा एमालेले पनि गठबन्धन गर्न सक्ने ओलीको संकेत

  • शनिबार, साउन १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

नेपालगन्ज साउन १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो निर्वाचनमा गठबन्धनलाई एक किलाको ढक र एमालेलाई क्वीन्टलको ढक भएको टिप्पणी गरेका थिए । गठबन्धन नगर्ने भन्दा भन्दै पनि राप्रपा, जसपा, परिवारदल जस्ता पार्टीसँग मिलेर चुनाव लडेको एमाले प्रमुख दल हुन सकेन ।

आगामी निर्वाचनमा भने एमालेको नीतिसँग मिल्ने दलहरुसँग चुनावमा सहकार्य हुन सक्ने ओलीले बताएका छन् ।

मुलुकमा एमालेबाहेक अर्को कुनै विकल्प नरहेको भन्दै उनले यस्तो बताएका हुन् ।

शनिबार नेपालगञ्जमा लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरूको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक बनाउने भिजन एमालेसँगमात्रै रहेको भन्दै मुलुकमा अर्को कुनै विकल्प नरहेको बताए।

ओलीले एमालेबाहेक देशलाई हेर्न र फेर्नसक्ने दृष्टिकोण अरु कुनै पार्टीसँग नरहेको प्रष्ट पारे। एमाले मिसन ८४ मा केन्द्रित रहेको भन्दै ओलीले यसलाई सफल बनाउँदै पार्टी बहुमत आउने गरी तयारी गर्न निर्देशन दिए।

उनले आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याए पनि एमालेको नीतिहरूसँग सहमत हुने, विकासको अभियानलाई अघि बढाउन चाहने राजनीतिक शक्ति र व्यक्तिहरूलाई सँगै लिएर अघि बढ्ने बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ