गृहमन्त्रीको राजीनामा माग गर्दै एमालेले संसदमा हंगामा मच्चाएको छ । नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने भन्दै संसदमा निरन्तर नाराबाजी गरिरहेको छ ।
एमालेका संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सत्ताको आडमा मान्छे जोगाउने काम भएको आरोप लगाउँदै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कुर्सीमा बस्ने नैतिकता नभएको बताए।
उनले छानबिन समिति नबनेसम्म संसद चल्न नसक्ने बताए।
प्रमुख सचेतक गिरीले बोलेपछि एमाले सांसदहरु उठेर गृहमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका छन्।
कुनै टार वा कोटको भए पनि अपराधीलाई नछाड्ने भन्ने गृहमन्त्रीको अभिव्यक्तिपछि रिसाएका ओलीको निर्देशनमा एमाले सांसदहरु सदनमा हंगामा मच्चाउन उत्रिएका छन् । उठेर उनीहरुले नाराबाजी गरीरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline