नेकपा (एमाले)ले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै संसद अवरोध गर्ने भएको छ । एमाले पछिल्लो समय गृहमन्त्रीसँग
रिसाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण हुँदै एक क्वीन्टल सुन प्रकरण सम्म आँउदा चर्चामा आएका गृहमन्त्री बिरुद्ध एमाले खासगरी अध्यक्ष ओली नै आक्रोशित छन् ।
मन्त्री श्रेष्ठले बालकोट, बालुवाटार, खुमलटार जहाँको भए पनि अपराधीलाई नछाड््ने भनेपछि ओलीले कम्बोडियाबाट फर्किनासाथ गृहमन्त्री बिरुद्ध आक्रामक अभिव्यक्ति दिएका थिए ।
आज ओलीकै नेतृत्वमा बसेको संसदीय दलको बैठकले गृहमन्त्रीले राजीनामा नदिए सम्म संसद अवरोध गर्ने निर्णय भएको छ । नेपालको ससदीय ईतिहासमा संसद सबै भन्दा धेरै अवरोध गर्ने एमाले रहेको छ ।
‘गृहमन्त्री संलग्नताबिना त्यत्रो तस्करी हुन सम्भव छैन। यसमा छानबिन हुनुपर्छ। गृहमन्त्री पदमा बस्न योग्य हुनुहुन्न। त्यो नहुँदासम्म संसद सुचारू हुन सक्दैन,’ दलको निर्णय सुनाउँदै प्रमुख सचेतक पदम गिरीले भने।