काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय प्रतिनिधि मण्डल र पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य एवं चोङ्गिङ नगरका पार्टी सचिवसमेत रहेका युयान च्याच्युन नेतृत्वको टोलीले मंगलबार बिहान एमाले पार्टी कार्यालय च्यासलमा ओलीसँग भेटवार्ता गरेको हो।
उनीहरूबीच दुई देशको द्विपक्षीय हित, दुई देशका कम्युनिष्ट पार्टी र चिनियाँ परियोजनाका विषयमा छलफल भएको बताईएको छ ।
आइतबार काठमाडौं आएको टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका नेता लगायतसँग भेटवार्ता गरेका थिए। उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटली भ्रमणमा रहेकाले भर्चुअल संवाद गरेका थिए।
यस भ्रमणमा चीनीया नेताहरले चीनीया राष्ट्रपति सि जिन पिङको भ्रमणमा भएको सम्झौता कार्यन्वयन, बिआरआई र द्धिपक्षीय सहयोगका बिषयमा जोड दिएका थिए ।
ओलीसँगको भेटपछि चीनीया टोली स्वदेश फर्किएको छ ।