इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बंगलादेशकी समकक्षी शेख हसिनासँग द्विपक्षीय भेट गर्दैछन्। प्रधानमन्त्री प्रचण्डले सोमबार नै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेससँग द्विपक्षीय भेट गर्ने कार्यक्रम तय भएको नेपाली राजदूतावास भियनाले जानकारी दिएको छ।
प्रधानमन्त्रीले खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का कार्यकारी निर्देशक र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (एडिआइएफ) कार्यक्रमका अध्यक्षसँग पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम तय भएको पनि भियनाले जानकारी दिएको छ।
मंगलबार गैरआवासीय नेपाली संघ, इटालीले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्रीले त्यहाँ रहेका नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्नेछन्।
शनिबार इटाली प्रस्थान गरेका प्रधानमन्त्री १२ साउनमा स्वदेश फर्कनेछन् ।