चीनीया कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल काठमाण्डौँमा आईपुग्यो

चीनीया कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल काठमाण्डौँमा आईपुग्यो

  • आइतवार, साउन ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

चीनको चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या च्युन तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आईपुगेका छन् । कोलम्बोबाट आएको श्रीलंकन एयरको जहाजमा युआन नेतृत्वको टोली पौने १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।उनीहरुलाई नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र यहाँस्थित चिनियाँ राजदूत छ्न सोङ्गलेले विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरेका छन् ।

तीन दिने राजनीतिक भ्रमणमा काठमाडौं आइपुगेको युआनसहितको भिआइपी टोली बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा बस्नेछ । टोलीका अरु सदस्यको लागि म्यारियट होटलमा बस्ने प्रवन्ध मिलाइएको बताइएको छ ।

च्या नेतृत्वको प्रतिनिधिमण्डलले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै अपराह्न ३ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

पोलिटब्यूरो सदस्य युआनले आजै सिंहदबारमा कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग र उपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का कार्यबाहक अध्यक्ष नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

च्याको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामिलाका कूटनीतिज्ञ शनिबार नै नेपाल आएकी थिईन् । च्या नेतृत्वको टोली श्रीलकाबाट सोझै नेपाल आएको हो ।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण अघि चीनीया र नेपाली नेताहरुका भ्रमण आदान प्रदान तीव्र भएको छ ।

च्या नेतृत्वको टोलीले आजै साँझ माओवादी केन्द्रका पदाधीकारीहरुसँग समेत छलफल गर्ने तय भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ