७ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा ल्याउन प्रयास जारी राख्नु पर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसमा कीर्तिपुरमा आयोजित कार्यक्रममा उनले सबै कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउनुपर्ने बताए ।
अहिले कम्यनिष्ट पार्टीहरु आफ्ना–आफ्ना पसल थापेर बसेको बताउँदै उनले मिल्न सक्ने, सहकार्य गर्न सक्नेहरुबीच सहकार्य र एकता गरेर अघि बढ्ने बताए ।
यसै गरी कार्यक्रममा नेता वामदेव गौतमले सबै कम्युनिष्ट पार्टीहरु एकतावद्ध हुनु पर्ने बताए ।
आफूले निरन्तर एकताको लागि पहल र प्रयास गरीरहेको उनको भनाई छ । उनी नेकपा एकता अभियानका संयोजक पनि हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline