प्रधानमन्त्री प्रचण्ड चीन जानु अघि बाक्लो मात्रामा चीनीया अधिकारीहरुको नेपाल आगमन 

प्रधानमन्त्री प्रचण्ड चीन जानु अघि बाक्लो मात्रामा चीनीया अधिकारीहरुको नेपाल आगमन 

  • आइतवार, साउन ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

साउन ७ काठमाण्डौँ । छिमेकी मुलुक चीन नेपालको विकास र सुरक्षा, आर्थिक, राजनीतिक, भौगोलिक एवं कुटनीतिक हिशाबले महत्वपूर्ण साझेदार शक्ति हो ।

नेपाललाई महत्व दिएर नै चीनीया राष्ट्रपतिले सन् १९ मा नेपाल भ्रमण गरेका थिए ।

अहिले नेपालमा चीनीया अधिकारीहरुको भ्रमण बाक्लीएको छ । खास गरी प्रधानमन्त्री प्रचण्डले आगामी भदौ दोस्रो साता चीन भ्रमण गर्ने तालिका रहेका बेला चीनीया अधिकारीहरु नेपाल आउने क्रम बढेको छ ।

केही समय अघि मात्रै चीनीया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जिउ नेपाल आएर भक्तपुरमा सिल्क रोडस्टर स्थापना गरेर र विभिन्न भेटवार्ता गरेर फर्किएका थिए ।

यसै साता फेरी अर्को उच्च स्तरीय चीनीया प्रतिनिधिमण्डल नेपाल आँउन लागेको छ । यस पटकको भ्रमणमा युआन ज्या चुनको टोली नेपाल आउनेछ । उनको भ्रमण तालिका व्यवस्थापन गर्न नेपाली नाम सरला राखेकी विदेश विभाग सदस्य काठमाण्डौँ शनिबार आएकी छन् ।

च्या नेतृत्वको टोलीले विभिन्न दलका नेताहरुसँग भेटवार्ता गर्ने बताईएको छ । त्यसो त नेपालबाट पनि विभिन्न दलका नेताहरुको चीनमा बाक्लो भ्रमण भएको छ । केही समय अघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले नेपालको ईतिहासमै पहिलो पटक ६५ सालमा प्रधानमन्त्री भएका बेला चीन भ्रमणबाट विदेश भ्रमणको शुरुवात गरेका थिए ।

तर तेस्रो कार्यकालमा उनले भारतबाटै आफ्नो विदेश भ्रमण थालेका थिए । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा हुन सक्ने समझदारीको गृहकार्य चलिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ