साउन २, काठमाडौं । नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गठबन्धन सरकारलाई स्थिर र स्थायित्व बनाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताएका छन ।
उनले सत्ता गठबन्धनभित्र विश्वास सिर्जना गरेर निरन्तरता दिने जिम्मेवारी कांग्रेको भएको बताए।आज पार्टी कार्यालयमा जारी कांग्रेस कार्यसमिति बैठकमा बोल्दै नेता लेखकले विभिन्न राजनीतिक दलहरू मिलेर बनेको गठबन्धन सरकारलाई स्थिर र स्थायित्व बनाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए।
प्रमुख प्रतिपक्ष आक्रमण छ। एमाले परिपक्व छ तर उसमा धैर्यको कमी देखिन्छ। अरू प्रतिपक्षीहरू आक्रमक छन्। अधैर्य छन् । अपरिपक्व छन्,’उनले भने,’यसकारण कांग्रेसले सदनमा सबैभन्दा महत्वपूर्ण भूमिका निभाउनुपर्छ।’
उनले अन्य प्रतिपक्षीलाई संसदीय प्रक्रिया बुझ्न अझै समय लाग्ने बताए। सभाको प्रभावकारिता र सञ्चालनमा कांग्रेसको महत्वपूर्ण जिम्मेवारी रहेको उनको भनाइ छ।