चुनावमा अन्तरघात गरेको भन्दै कांग्रेसका २१ सय नेता कार्यकर्ताविरुद्ध उजुरी

चुनावमा अन्तरघात गरेको भन्दै कांग्रेसका २१ सय नेता कार्यकर्ताविरुद्ध उजुरी

  • मङ्लबार, साउन २, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

साउन २,काठमाडौँ । नेपाली कांग्रेसमा गत निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तरघात गर्ने दुई हजार एक सय नेता कार्यकर्ताविरुद्ध उजुरी परेको छ । निर्वाचनका बेला पार्टीले गरेको निर्णय नमान्ने, पार्टीले उठाएका उम्मेदवारविरुद्ध खडा हुने र पार्टीका उम्मेदवारलाई पराजित गराउन भूमिका खेल्ने नेता कार्यकर्ताविरुद्ध विभिन्न ४६ जिल्लाबाट उजुरी परेको हो ।

केन्द्रीय कार्यालयले निर्वाचनमा पार्टी हित विपरीत कार्य गर्नेविरुद्ध उजुरी आह्वान गरेकोमा ४६ जिल्लाबाट २ हजार १ सय नेताविरुद्ध उजुरी परेको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले बताए ।
अनुशासन समितिले प्रतिवेदनमाथि मंगलबारदेखि सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुँदैछ । देशभरिबाट परेका उजुरीमाथि विस्तृत प्रतिवेदन तयार गरी केन्द्रीय समितिलाई हस्तान्तरण गर्न लागेको संयोजक ढुंगानाले बताए ।

‘विधानमा पार्टी हितविपरीत गर्नेलाई कारबाही गर्ने व्यवस्था छ । हामीले विधानसम्मत काम अघि बढाएका छौं । तर त्यसबारे छानबिन भइसकेको छैन,’ उनले भने ।

यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्तरुपमा आयोजना गरेको जिल्ला सभापतिहरुको भेलामा अधिकांश जिल्ला सभापतिहरुले जिल्लाबाट कारबाहीका लागि भएका सिफारिसलाई तत्काल कारबाही गरी टुंगोमा पुर्‍याउनुपर्ने माग गरेका थिए । तर त्यसरी परेका उजुरीमध्ये कतिपय जिल्ला सभापतिहरु विरुद्ध समेत छन् । पार्टीका केन्द्रीय सदस्य र सांसदहरुविरुद्ध समेत उजुरीहरु रहेको अनुशासन समितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ