कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक लाइभ गर्ने तयारी, १० एजेन्डामाथि छलफल हुने

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक लाइभ गर्ने तयारी, १० एजेन्डामाथि छलफल हुने

  • मङ्लबार, साउन २, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

साउन २, काठमाडौं । झण्डै एक वर्षपछि आजदेखि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु हुँदै छ । पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेबाट बैठक सुरु हुने कार्यवाहक मुख्य सचिव डा प्रदिप पराजुलीले जानकारी दिएका छन्।

आज मंगलबारदेखि बस्ने कांग्रेसको बैठकका लागि पार्टी सभापति देउवा निवास धुम्बाराहीमा सोमबार साँझ पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले १० वटा एजेन्डा तय गरेको छ । यद्यपि बैठकमा यी बाहेकका अरू विषयमा पनि विस्तारमा छलफल गर्ने तयारीमा सभापति शेरबहादुर देउवा छन्।

कांग्रेसको विधानअनुसार हरेक २ महिनामा गरिनुपर्ने केन्द्रीय समितिको बैठक ११ महिनामा बस्न लागेको छ।

बैठकमा समसामयिक विषयमा छलफल छलफल हुनुका साथै सांगठनिक कार्ययोजना र कार्यतालिका बनाइने, केन्द्रीय सदस्य बैठक बस्दा कार्यसम्पादन समितिको निर्णय प्रस्ताव लगायतका बिषयमा छलफल हुनेछ । यस्तै आजको बैंठकका एजेण्डाहरुमा गोपालमान श्रेष्ठको संयोजकत्वमा रहेको निर्वाचन परिचालन समितिको प्रतिवेदन प्रस्तुत, नीति अधिवेशनका विषयमा छलफल र खाका प्रस्ताव, विभागहरू गठन, थप र कामको व्यख्या, राष्ट्रव्यापी अभियानको घोषणा र खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेश, संसद्मा कांग्रेसको भूमिकाका विषयमा रमेश लेखकद्वारा प्रतिवेदन पेस, सरकारको गतिविधिबारे आन्तरिक र बाह्य गतिविधिका बारेमा जानकारी गराउने रहेका छन् ।

पार्टी केन्द्रीय कार्यालयले बैठकको लाइभ गर्ने तयारी पनि गरेको छ । पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठकको लाइभ गर्नका लागि प्राविधिक तयारी थालिएको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिए ।

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार तयारी थालिएको पौडेलले बताए । एजेन्डा तय गर्न सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकका क्रममा सभापति शेरबहादुर देउवाले लाइभ गर्ने प्रस्ताव गरेका थिए ।

उनको प्रस्तावमा पक्षविपक्ष भए पनि पार्टी केन्द्रीय कार्यालयले भने लाईभको तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ