ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ परेका १७ जनामाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थप

ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ परेका १७ जनामाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थप

  • आइतवार, असार ३१, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

असार ३१,काठमाडौँ । ललिता निवासको सरकारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिव कृष्णबहादुर राउतसहित १७ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आरोपित सबैमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत समक्ष थप म्याद मागेको थियो ।
सचिव राउत, पूर्वसहसचिव एवं निर्वाचन आयोगका पूर्वआयुक्त सुधीर कुमार शाह, भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङसहित १७ जना अनुसन्धानका क्रममा पक्राउ परेका थिए ।

असार १२ मा केही आरोपितलाई पक्राउ गरी प्रहरीले मुलुकी ऐन २०२० को किर्ते सम्बन्धी कसूर लगाएर अनुसन्धान अगाडि बढाएकोमा काठमाडौं जिल्ला अदालतले संगठित अपराध समेत जोडेर उनीहरूमाथि अनुसन्धानका लागि अनुमति दिएको थियो ।

त्यसयता दुवै कसूरमा आरोपितमाथि ब्यूरोले अनुसन्धान गरिरहेको छ । यस्तै ब्यूरोले यो प्रकरणमा ४ सयभन्दा बढीलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउको अनुमति लिइसकेको छ । २०४९ देखि २०६९ को अवधिमा सरकारका नाममा रहेको बालुवाटारस्थित ललिता निवासको १४३ रोपनीभन्दा बढी जग्गा गिरोहले हडपेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ