भ्रष्टाचारको फाइल खोल्न थालेपछी सरकार नै ढल्छ भनेर हल्ला फैलाएर षड्यन्त्र भइरहेको छ:कानुनमन्त्री गुरुङ

भ्रष्टाचारको फाइल खोल्न थालेपछी सरकार नै ढल्छ भनेर हल्ला फैलाएर षड्यन्त्र भइरहेको छ:कानुनमन्त्री गुरुङ

  • शनिबार, असार ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

असार ३०, काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवम् कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक रोक्न विभिन्न षड्यन्त्रहरू भइरहेको बताएका छन । तर अब त्यस्ता षड्यन्त्रले सरकारलाई रोक्न नसक्ने बताए ।

काठमाडौंमा शनिबार भएको कांग्रेसनिकट तमु संघ वाग्मती प्रदेशको भेलालाई सम्बोधन गर्दै मन्त्री गुरूङले मिटर ब्याजसम्बन्धी प्रतिस्थापन विधेयक संसद्को यही अधिवेशनबाट पारित हुने पनि बताए । मिटरब्याज पीडितहरूलाई न्याय दिने विषयमा कांग्रेस र गठबन्धन सरकार प्रस्ट रहेको उनको भनाइ थियो ।
‘सरकारले मिटरब्याज पीडितलाई न्याय दिलाउन अध्यादेश ल्यायो । तर त्यसलाई संसद्बाट प्रतिस्थापन विधेयक ल्याउन नदिन कसले कसरी षड्यन्त्र गर्‍यो ? त्यो सबैलाई प्रस्टै छ,’ उनले अघि भने, ‘भ्रष्टाचारको फाइल खोल्न थालेको सरकार नै ढल्छ भनेर यताउता षड्यन्त्र भइरहेको छ । तर हामीलाई सरकारमा हौँला वा नहौँला भनेर चिन्ता छैन । हामी जनताको पक्षमा काम गर्न प्रतिबद्ध छौँ । जसले जसरी षड्यन्त्र रचे पनि सरकार मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्न प्रतिबद्ध छ ।’

उनले दुई/तीन दिनभित्रै मिटरब्याजसम्बन्धी विधेयक संसद्मा पेस हुने र पारित हुने बताए । मन्त्री गुरूङले सुशासन कायम गर्न र भ्रष्टाचारको अन्त्यका लागि अहिलेको गठबन्धन सरकार प्रतिबद्ध रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ