कनै पनि अनुसन्धानमा सरकारको हस्तक्षेप हुदैँन, दोषीलाई कारबाही हुन्छः गृहमन्त्री श्रेष्ठ

कनै पनि अनुसन्धानमा सरकारको हस्तक्षेप हुदैँन, दोषीलाई कारबाही हुन्छः गृहमन्त्री श्रेष्ठ

  • शनिबार, असार ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

३० असार, चितवन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले कनै पनि अनुसन्धानमा हस्तक्षेप नगर्ने बताएका छन् ।

चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै श्रेष्ठले तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढेको बताउँदै यसमा प्रहरीलाई कुनै दबाब नदिएको बताएका हुन् ।

‘हामीले प्रहरीलाई फलानालाई ल्याउनु फलानालाई नल्याउनु भनेका छैनौं । हामी त्यस्तो कुरा गर्दैनौं उनले भने, निर्दोष फस्ने र दोषी उम्किने हुँदैन । तपाईंहरू काम गर्नुस् भनेका छौं । प्रहरीले त्यसैगरी कम गरिरहेको छ ।’

कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभइ तथ्य प्रमाणका आधारमा समातिने मन्त्री श्रेष्ठले बताए । अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने बताउँदै उनले कुनै पनि प्रकरणमा अनुसन्धानको काम नरोकिएको बताए ।

साथै, गृहमन्त्री श्रेष्ठले मिटरव्याज पीडितलाई न्याय दिने काम पनि नरोकिएको बताएका छन् । अहिले संसद पनि खुलिसकेको बताउँदै उनले सम्बन्धित विधेयकलाई छिटो पारित गरेर काम प्रभावकारी बनाउने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ