राष्ट्रियसभा बैठक आज बस्दै, बजेट पारित गर्ने कार्यसूचि

राष्ट्रियसभा बैठक आज बस्दै, बजेट पारित गर्ने कार्यसूचि

  • बिहिबार, असार २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, २८ असार । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बुधबार स्थगित भएको बैठक आज बिहीबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेको छ । बैठकको सुरूमा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको विभागीय मन्त्रीहरुले जवाफ दिनेछन् ।

त्यसपछि विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक, २०८० लाई पारित गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ