प्रधानमन्त्री पत्नीको निधन भएपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

प्रधानमन्त्री पत्नीको निधन भएपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

  • बुधबार, असार २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

असार २७, काठमाडौं । आजदेखि सुरु हुने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएकाले आज बोलाइएको पदाधिकारी र केन्द्रीय समिति बैठक स्थगित भएको महामन्त्री गगन थापाले जानकारी दिए।

६९ वर्षीया दाहालको आज बिहान ८ बजेर ३३ मिनेटमा उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । उनको पशुपति आर्यघाटमा दिउँसो २ बजे दाहसंस्कार गरिने प्रचण्डको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने छ।

आज स्थगित भएको बैठकलाई कांग्रेसले साउन २ गते बोलाउन तयारी गरेको छ। तर औपचारिक घोषणा हुन भने बाँकी रहेको छ।

एक वर्षपछि बुधबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपा पार्टीको नीति महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो।

कांग्रेसले २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनले नेतृत्वमात्रै चयन गरेको थियो। ६ महिनाभित्र नीति महाधिवेशन गर्ने भनिए पनि डेढ वर्षसम्म मितिसमेत तय हुन सकेको छैन।

सभापति देउवाले केन्द्रीय समिति बैठकअघि नै आज बिहान ९ बजे आफ्नै निवास धुमबाराहीमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ