सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति: माओवादी केन्द्र

सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति: माओवादी केन्द्र

  • बुधबार, असार २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

असार २७, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष प्रचण्ड पत्नि सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको जनाएको छ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले आज शोक वक्तव्य जारी गर्दै दाहालले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुऱ्याएको उल्लेख गरेका हुन्।

दाहालले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति खेलेको योगदानको उच्च सम्मान गर्दै माओवादी केन्द्रले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

‘प्रधानमन्त्री तथा हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड की जीवनसंगिनी तथा पार्टी केन्द्रीय सल्लाहकार कमरेड सीता दाहालको आज बिहान ८ः३३ बजे नर्भिक अस्पताल, काठमाडौँमा दुखस्द निधन भएकोमा हाम्रो सिंगो पार्टी स्तब्ध भएको छ।’ वक्तव्यमा भनिएको छ, ‘सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असिमीत समपर्ण उहाँका विशेषता हुन्। उहाँ आफ्ना योगदानमार्फत् चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ।’

सल्लाहकार दाहालको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तेष्टि गर्ने कार्यक्रम रहेको महासचिव गुरुङले जानकारी दिए।

वि।सं। २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीता दाहालको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो। वि।सं। २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आवद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा माओवादी केन्द्र को केन्द्रीय सल्लाहकार थिइन्।

पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन बिताएकी दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै जनयुद्धका आँधीमय वर्षहरूमा सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन्। पछिल्लोसमय उनी पार्किन्सनजस्तो दुर्लभ रोग लगायतका रोगहरूबाट ग्रसित हुँदै आउकी थिइन्।

भरतपुर महानगरपालिका वडा नं १४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भइसकेको छ। छोरीहरू रेनु दाहाल भरतपुर महानगरकी मेयर र गंगा दाहाल प्रधानमन्त्रीकी स्वकीय सचिव छिन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी