ललिता निवास प्रकरणमा थप २ मालपोतका पूर्वकर्मचारी पक्राउ

ललिता निवास प्रकरणमा थप २ मालपोतका पूर्वकर्मचारी पक्राउ

  • मङ्लबार, असार २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

असार २६, काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका थप दुई पूर्वकर्मचारी आज पक्राउ परेका छन् । मालपोत कार्यालय डिल्लीबजारका दुई पूर्वकर्मचारी नायवसुब्बा योगराज पौडेल र खरिदार नारायणराज मिश्र पक्राउ परेका हुन् ।

पौडेल र मिश्रलाई मन्त्रिपरिषद्‌बाट भएका निर्णयको अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको बनाउन नक्कली फाइल खडा गरी नासु पौडेल हुँदै प्रमुख मालपोत अधिकृत कलाधर देउजासमक्ष पेस गरिएको आरोपमा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
उनीहरूले तयार पारेको नक्कली फाइल तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजाले स्वीकृत गरेका थिए । देउजा सहसचिवमा अवकासप्राप्त कर्मचारी हुन् । किर्ते गरेर जग्गा व्यक्तिको बनाएबापत देउजाले तत्कालीन राणा परिवारबाट घुसको रुपमा जग्गा नै लिएका थिए । २०४९ साल ताका भएका कीर्तेमा उनीहरूको संलग्नता देखिएको हो ।

मन्त्रिपरिषद्‌बाट भएका निर्णयको अपब्याख्या गरी तत्कालीन भोगाधिकारी सुवर्णशमशेर राणाका परिवारको सदस्यको नाममा जग्गा हत्याउन नारायणराज मिश्रसहितका कर्मचारीले तयार पारेको टिप्पणी आदेशलाई खरिदार योगराज पौडेलले सदर गरी मालपोत अधिकृतसमक्ष पेस गरेको कसुरमा उनीहरूलाई पक्राउ गरिएको हो ।

आज पक्राउ परेका दुई पूर्वकर्मचारी पौडेल र मिश्रसहित हालसम्म १४ जना ललिता निवास प्रकरणमा प्रहरी नियन्त्रणमा परिसकेका छन् ।

सञ्चारसचिव कृष्णबहादुर राउत‚ पूर्वसहसचिव सुधीरकुमार साह र भाटभटेनी सुपरमार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङसमेत ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परिसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ