माधव नेपाल भन्छन्- ‘ललिता निवास प्रकरणमा मेरो नाम पनि जोडिनु स्वभाविक हो, बदमासी नगरे आत्तिनुपर्दैन’

माधव नेपाल भन्छन्- ‘ललिता निवास प्रकरणमा मेरो नाम पनि जोडिनु स्वभाविक हो, बदमासी नगरे आत्तिनुपर्दैन’

  • मङ्लबार, असार २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

असार २६, पाल्पा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा कसुर देखिएका दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आज तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले ललिता निवास प्रकरणका दोषीलाई कारबाही हुनुपर्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले आफ्नो नाम पनि यस प्रकरणमा जोडिएको स्विकार्दै निर्णय गर्नेको नाम आउनु स्वाभाविक भएको बताए । नाम आउनेबित्तिकै आफूले बदमासी गरेको छैन भने आत्तिहाल्नुपर्ने अवस्था नहुने अध्यक्ष नेपालको भनाई थियो ।

अध्यक्ष नेपालले भने, ‘सरकारी जग्गा हिनामिना प्रकरणमा जो सुकैले कसुर गरेको होस्, उसले दण्ड पाउनुपर्छ । कारबाहीको भागिदार हुनुपर्छ, जुनसुकै तहका मान्छेले बदमासी गर्न सक्छन्,’ उनले भने, ‘त्यसमा जोडिएको, संलग्न, हिस्सेदार छ वा छैन भन्ने कुरासँग पनि जोडिएको हुन्छ ।’

‘सिस्टम’ मा कुनै त्रुटि छ भने सच्याउनुपर्ने भन्दै उनले २०६६÷६७ मा पेस भएको फाइल प्रधानमन्त्री निवासलाई विस्तार गर्दै अगाडि बढाउने योजना राम्रो लागेकाले काम अघि बढाउन निर्णय भएको प्रस्ट पारे । आफ्नो निर्णयमा लेखिएको व्यहोरा जानकारी गराउँदै अध्इक्ष नेपालले भने, ‘सरकारी र अन्य प्रकारको जग्गा कानुनसंवत् तरिकाले छुट्याएर मात्र काम अघि बढाउनु,। ’

उनले यससँग जोडिएका, गिरोहका रुपमा रहेकालाई छाड्नुपर्ने अवस्था नरहेको बताए । यो वा त्यो प्रकरण नभई देशव्यापी सरकारी जग्गामा भएको हिनामिनाको छानबिन गर्नसमेत वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफूले आग्रह गरिसकेको बताए ।
‘नेपाल ट्रस्टको जग्गादेखि लिएर सरकारी जग्गाको हिनामिना भएको देखिएको पनि उनले बताए । अध्यक्ष नेपालले यस्ता सबै जग्गाको छानबिन भएर कारबाही भयो भने मात्रै मान्छे डराउने अवस्था आउने बताए ।

यसो नगर्ने हो भने अवस्था अझ बिग्रिँदै जाने भन्दै अध्यक्ष नेपालले राज्यको सबै निकायको हालत उस्तै भएकाले सुधार गर्दै अघि बढ्नु जरुरी रहेकोमा जोड दिए ।
ललिता निवासको १ सय ४३ रोपनीभन्दा बढी जग्गा हडप्न विभिन्न व्यक्तिको मिलेमतो रहेको अनुसन्धानबाट खुलिसकेको छ । ललिता निवास प्रकरणमात्र होइन, सबै क्षेत्रमा भएका बदमासीको छानबिनमा खुट्टा कमाउन नहुने सुझाव दिए । फरक प्रसंगमा उनले वर्तमान सरकार आवश्यकताका आधारमा बनेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ