असार २६, सोलुखुम्बु । सोलुखुम्बुबाट ५ जना यात्रु लिएर काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका २ सुर्के हेलिप्याडबाट बिहान १०ः०५ बजेतिर उडेको ९ एनए एमभी कल साइन भएको हेलिकोप्टर सम्पर्कविहीन भएको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।
कार्यालय प्रमुख महेश श्रेष्ठका अनुसार लुक्लाबाट सामन्यता ४५ मिनेटमा पुग्नुपर्ने हेलिकोप्टर हालसम्म सम्पर्कमा आउन सकेको छैन् । विदेशीसहितका यात्रु लिएर उक्त माउन्टेन फ्लाइटको हेलिकोप्टर काठमाडौं उडेको थियो।
अहिले हेलिकोप्टरको खोजिकार्य भएरहेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline