नैतिकता जीवित छ भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः अध्यक्ष राजेन्द्र लिङ्देन

नैतिकता जीवित छ भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः अध्यक्ष राजेन्द्र लिङ्देन

  • सोमवार, असार २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

असार २५, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नैतिकता जीवित भए प्रधानमन्त्री पुष्पकमल दाहाल
प्रचण्डले राजीनामा दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका अध्यक्ष लिङ्देनले सोमबार सदनमा आफ्ना कुरा राख्दै प्रधानमन्त्री दाहालको अभिव्यक्ति गम्भीर भएकाले राजीनामा दिनुपर्ने बताएका हुन् ।

असार २० गतेको बैठकमा आफूहरूलाई बोल्न नदिएकोमा गुनासो गर्दै अध्यक्ष लिङदेनले भने, प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रतिपक्षमा रहेका सबै दलले त्यसको विरोध गरेका थियौँ । तर त्यो दिन हामीलाई विचार राख्न किन दिइएन ? किन नियम मिचेर सत्तापक्षतिर बोल्न दिइयो । प्रधानमन्त्रीले नैतिकता जीवित छ भने राजीनामा दिनुपर्छ । दबाबले दिने होइन।

उनले तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले ‘बोली चिप्लिँदा’ राजीनामा दिएको स्मरणसमेत गराए । साथै लिङ्देनले संसद्‍मा केही दल मात्र नभएको पनि बताए । अरु दल पनि निर्णायक अवस्थामा रहेकाले अरुको भारी आफूहरूले बोक्न नसक्ने उनको भनाइ छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकारबाट मिटरब्याजसम्बन्धी अध्यादेश प्रतिपक्षी दलहरू विरोधमा छन् भन्ने भाष्य निर्माण गर्न खोजिएको पनि उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ