संसदको अवरोध खुलाउन एमाले सकारात्मक, प्रधानमन्त्रीले सम्बोधन गर्ने

संसदको अवरोध खुलाउन एमाले सकारात्मक, प्रधानमन्त्रीले सम्बोधन गर्ने

  • सोमवार, असार २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

२५ असार, काठमाडौं । संसदमा जारी अवरोध खुलाउन नेकपा एमाले सकारात्मक भएको छ । प्रधानमन्त्री प्रचण्डले आज सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेको छलफलमा अवरोध खुलाउन एमाले सकारात्मक भएको नेताहरुले बताएका छन् ।

बैठकपछि बाहिरिएका प्रधानमन्त्री प्रचण्डले आफू संसदमा सम्बोधन गर्न जान लागेको प्रतिक्रिया दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले भने संसदमै थाहा हुने बताए । संसद्‍मा अवरोध खुल्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा एमाले अध्यक्ष ओलीले भने, पार्लियामेन्टमा थाहा हुन्छ ।

सत्तारुढ दलका एक सांसदका अनुसार प्रधानमन्त्रीले सम्बोधन गरेपछि संसदको अवरोध हटाउन एमाले तयार भएको छ ।

संसद बैठक अघि एमालेको संसदीय दलको बैठक पनि संसद भवनमै बस्दै छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो तीन बजे बस्दै छ ।
यसअघि आइतबार पनि प्रतिनिधिसभाको बैठकको अवरोध खुलाउनेबारेमा तीन दलका शीर्ष नेताहरूबीच सहमति भए पनि अन्तिममा भाँडिएको थियो ।

आइतबारको छलफलमा उनीहरुबीच प्रधानमन्त्री पुष्पकमल दाहालले असार १८ गते एक कार्यक्रममा दिएको अभिव्यक्तिबारे संसद्को रोष्ट्रमबाट ुआत्माआलोचनाु गर्ने र अगाडि बढ्ने तीन शीर्ष नेताको समझदारी भएको थियो । प्रतिनिधिसभाको आजको ३ बजे डाकिएको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ