रास्वपाको हविगत पनि छिट्टै पुराना पार्टीहरूको जस्तै हुन्छः घनश्याम भुसाल

रास्वपाको हविगत पनि छिट्टै पुराना पार्टीहरूको जस्तै हुन्छः घनश्याम भुसाल

  • शनिबार, असार २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

असार २३, काठमाडौँ । एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको हविगत छिट्टै नै पुराना दलहरूको जस्तै हुने दाबी गरेका छन् ।

एकीकृत समाजवादी निकट ‘समाजवादी पेशागत कानुन व्यवसायी संगठन’ले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव भुसालले दलाल पूँजीवादले मुलुकमा ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलको रुपमा आएको रास्वपाको पनि छिट्टै पुरानै दलको जस्तो हविगत हुने बताएका हुन् ।

उनले भने, ‘अहिले राजनीतिक जुन नयाँ भन्ने चिज आइराख्या छ । स्वतन्त्र भन्ने जुन चिज आइराख्या छ, तिनको पनि त्यही हविगत हुन्छ । किनभने ती कसैले पनि यो दलाल, पूँजीवादमाथि प्रश्न उठाएका छैनन्, सुशासनको कुरा उठाएका छैनन्, जसले रोजगारी सृजना हुन्छ । हाम्रा बच्चाबच्चीहरुले नयाँ जिन्दगीका लागि रोजगारी पाउँछन । त्यो भन्दा राम्रो रोजगारी पाउँछन । यसतर्फ उनीहरुका पनि मुद्दा केन्द्रित छैनन् ।’

राजनीतिक दलहरूको काम दलाल पूजीवादले निम्त्याएका समस्या समाधान गर्दै राष्ट्रिय पुँजीको विकास गर्नु रहेको भुसालको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ