देशको अहिलेको आवश्यकता म वा मेरो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु होः गगन थापा

देशको अहिलेको आवश्यकता म वा मेरो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु होः गगन थापा

  • शनिबार, असार २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, २३ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको अहिलेको आवश्यकता आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु भएको बताएका छन् ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले देशको अहिलेको आवश्यक्ता आफु वा आफुजस्तै युवा पुस्ताले नेतृत्व गर्नु रहेको बताएका हुन् ।
उनले आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने पन िबताए ।
थापाले नेपालमा अर्को प्रधानमन्त्री को बन्दैछ भन्नेकुरा सबै नेपालीहरुलाई पहिला नै थाहा हुने भइसकेको भन्दै अब पूर्वप्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्नेकुरा रोक्न सक्नुपर्ने बताए ।
उनले आफू अब पनि पार्टीको संसदीय दलको नेता बदल्न लाग्ने पनि बताए ।

आफू संसदीय दलको नेता बदल्नेकुरामा नथाकेको भन्दै उनले संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्नेकुरा दलभित्रैबाट सम्भव भएकाले त्यसमा आफू लागिपर्ने बताए।

महामन्त्री थापाले कांग्रेसले मिसन २०८४ नभइ २०८०÷ २०८१ को शुरु गर्न जरुरी रहेको बताए । सबै पार्टीहरु मिसन २०८४ मा लागेकाले काँग्रेसल यो बीचमा देश सम्हाल्न र जनताको सेवा गर्न लाग्नुपर्नेमा उनको जोड थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ